३ मंसिर २०८१, सोमबार
काठमाडौं । सतारुढ दल नेकपाको सचिवालय बैठक मंसिर २० गते १ बजेसम्मका लागि स्थगित भएको छ।
आज ढिलो गरी सुरु भएको सचिवालय बैठक जम्मा २० मिनेट बसेर सकिएको हो।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक एक घण्टा पछि सारिएको थियो। तर बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन्।
मंसिर २१ गते १ बजेका लागि नेकपाको स्थायी कमिटी बैठक बोलाइएको छ। त्यसअघि मंसिर २० मा सचिवालय बैठक बस्ने छ।