३ मंसिर २०८१, सोमबार
नेपाली कांग्रेसले तनहुँ घटनालगायतका विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने गरी आज (शुक्रबार) दिउँसो पदाधिकारी बैठक बैठक बोलाएका हुन्।
बैठक देउवा निवास बुढानिलकण्ठमा दिउँसाे २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिनुलाई कांग्रेसले एउटा घटनाका रूपमा मात्रै लिन नसकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
वरिष्ठ नेता पौडेल बुधबार व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका थिए । उनले पुल उद्घाटन गर्ने कार्यक्रम तय भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अवरोध गरेको थियो। प्रशासन लगाएर उद्घाटन रोक्ने प्रयास भएपछि त्यसको विरोधमा पौडेलले जनस्तरीय भेलालाई सम्बोधन गर्ने तयारी गरेका थिए। त्यहीक्रममा तनहुँ प्रहरीले पौडेललाई नियन्त्रणमा लिई तीन घण्टापछि छाडेको थियो।
बुधबार स्थगित भएपछि बिहीबार पौडेलसहित कांग्रेस केन्द्रीय सदस्यहरू शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराईलगायत नेता र कार्यकर्ताको जुलुस लिएर पौडेलले पुल उद्घाटन गरेका थिए।