९ श्रावण २०८३, शनिबार
काठमाडौं: शुक्रबार बिहान खुमलटार पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेल अहिले राष्ट्रपति निवास पुगेका छन्। पोखरेल बिहान नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका थिए।
प्रचण्डसँगको वारपारको लडाईँमा उत्रिएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने नेता शुक्रबार पोखरेल शीतल निवास पुगेका हुन्।


पार्टी कमिटीको बहुमतको निर्णय छलेर आफ्नो जित सुनिश्चितताका लागि ओलीले कसरत तीव्र पारेका छन्।
ओलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई घण्टा छलफल गरेका थिए। ओलीले आफ्नो विरोधी समूहलाई पनि फकाउने प्रयास जारी राखेका छन्।