३ मंसिर २०८१, सोमबार
काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको अभद्र व्यवहार र गिरफ्तारीको विरोध जनाउँदै कांग्रेसको शुक्रबार सभापति निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सरकारको अलोकतान्त्रिक कदम, भ्रष्ट्राचार, अनियमितता र कोरोना नियन्त्रण तथा रोकथामको दिशामा देखाएको गैरजिम्मेवारी लगायतका मुद्दा उठाउँदै विरोध प्रदर्शन गर्ने निर्णय लिएको हो । बैठकले तत्काल संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।