काठमाडौंमा राजसंस्थाको पक्षमा प्रदर्शन

होमल्याण्ड खबर

२०७७ मंसिर २० गते, शनिबार १६:१६ मा प्रकाशित

राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरुले राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा विभिन्न नारा लगाएका थिए।पृथ्वीनारायण शाहको तस्वीर बोकेका प्रदर्शनकारीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका हुन।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ।

कोणसभामा बोल्ने वक्ताहरुले संघीयताको विकल्प खोजिनु पर्ने बताएका छन्।

सभामा आगामी फागुन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन सुरु गर्ने जानकारी समेत दिइएको थियो ।

साथै जनताको आन्दोलनको नेतृत्व गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई अगाडि आउन समेत अपील गरेका छन्।