३ मंसिर २०८१, सोमबार
काठमाडौं । आन्तरिक विवादकाबीच सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ।
पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह १ बजे बस्ने बैठकमा यसअघि सचिवालयमा पेश भएका दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन्।
बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित ५ नेताले लेखेको पत्र,त्यसको जबाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफुमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने अडान लिएका थिए । बहुमत सचिवालय सदस्य आजको स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा रहेपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन् ।
ओलीले पार्टी विवाद र प्रस्तावका बारेमा सचिवालयबाट टुंगो लगाउने र सयुक्त प्रस्ताव बनाउने प्रयत्न गरेका भएपनि उनी सफल हुन सकेनन् । अर्का अध्यक्ष प्रचण्ड माधवकुमार नेपाल समूहले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट ओली हट्नु पर्ने अडान लिइरहेका छन् ।
ओलीले यसअघि सचिवालय बैठकसमेत टार्ने गरेका कारण उनी आजको बैठकमा उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न पनि उठिरहको छ ।