प्रधानमन्त्री ओली बीना नै शुरू भयाे नेकपा स्थायी समिति बैठक

होमल्याण्ड खबर

२०७७ मंसिर २१ गते, आईतवार १३:५९ मा प्रकाशित

काठमाडाैं: नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे स्थायी समिति बैठक शुरू भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि उनीबीनै बैठक शुरू भएकाे छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिए । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो ।

बैठक लक्षित गर्दै पार्टी कार्यालय धुम्बाराही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हाे ।

धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्बन्धित नेताबाहेक सञ्चारकर्मीलाई समेत पार्टी कार्यालयमा प्रवेश दिइएको छैन ।