विवेकशील र साझाको एकता आज हुँदै

होमल्याण्ड खबर

२०७७ मंसिर २४ गते, बुधबार ११:३३ मा प्रकाशित

विवकेशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण हुने भएको छ । आज दिउँसो ३ बजे एक कार्यक्रमबीच पार्टी एकता घोषणा हुनेछ। पार्टी एकताका लागि दिउँसो ३ बजे भर्चुअलमाध्यमबाट एकीकरण घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिएका छन्।

सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच एकीकरण हुने भएको हो।

संयोजक मिश्रले एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहने जानकारी दिएका छन् । पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुनेछ।उनले एकीकरणपछि बनेको पार्टी देशको वास्तविक रुपान्तरणको संवाहक हुने दावी समेत गरेका छन्।

साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक रहनेछन्। तर, दुवैसमक्ष कार्यकारी अधिकार हुने सम्झौतामा हस्ताक्षर हुँदैछ।

यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो।