४ मंसिर २०८१, मंगलवार
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मकवानपुरको हेटौंडामा हुने प्रदर्शनमा १० हजार मान्छे उतार्ने दाबी गरेको छ ।
कम्युनिष्ट सरकारले प्रस्तुत गरेको दमनकारी दुर्व्यवहार, स्वास्थ्य सामग्री खरिदलगायत विभिन्न भ्रष्टाचार काण्डहरुको विरोधमा यही मंसिर २९ गते विशाल प्रदर्शन गर्ने दाबी गरेको हो ।
कांग्रेस हेटौंडा उपमहानगरपालिका, तरुण विभाग, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको बुधबार बसेको छुट्टाछुट्टै बैठकले हेटौंडामा १० हजार उतारेर कम्युनिष्ट सरकारको तानाशाही, ज्यादती र भ्रष्टाचारको विरुद्धमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कांग्रेस नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा बसेको नगर कार्यसमितिको बैठकले उक्त निर्णय गरेको जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिले ७७ वटै जिल्लामा यही मंसिर २९ गते सरकार विरुद्ध प्रदर्शन हुँदैछ ।
तनहुँमा गत मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रशासनले प्रस्तुत गरेको दमनकारी दुव्र्यवहार, कोरोनाको महामारीमा पनि स्वास्थ्य सामग्री खरिदलगायतका विभिन्न भ्रष्ट्राचार काण्डहरुको विरोधमा एकसाथ विरोध प्रर्दशन गर्ने निर्णय गरेको थियो ।