आजको बैठक शोक प्रस्ताव पारित गरेर टुङ्ग्याउने तयारी

होमल्याण्ड खबर

२०७७ मंसिर २८ गते, आईतवार १२:४० मा प्रकाशित

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे स्थायी कमिटीको बैठक आइतबार दिउँसाे १ बजे बस्ने भएकाे छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् ।

आजको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर टुङ्ग्याउने तयारी ओली पक्षको छ । बैठक पूर्वराजदूतसमेत रहेका कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर टुङ्ग्याउने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताएका छन् ।

लामाको कोरोना सङ्क्रमणका कारण मङ्सिर २४ गते निधन भएको थियो । आजै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेम्वाङबीच खुमलटारमा भेटवार्ता भएको थियो ।