नारायणकाजी विरुद्ध बालुवाटार बाहिर प्रदर्शन, राजीनामको माग

होमल्याण्ड खबर

२०७७ मंसिर २८ गते, आईतवार १५:४८ मा प्रकाशित

प्रधानमन्त्री निवास बालुवाटार बाहिर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको विरोधमा प्रदर्शन भएको छ। केन्द्रीय सदस्य कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि श्रेष्ठमाथि प्रश्न उठदै आएको थियो।

त्यसै विषयलाई आधार बनाएर स्वतन्त्र युवा नामक समूहले प्रधानमन्त्री निवास बाहिर उनको विरोध गरेको हो। उक्त समूहले श्रेष्ठले सचिवालय सदस्य र राष्ट्रियसभा सदस्यबाट राजीनामा दिनुपर्ने माग समेत गरेको छ।

लामाको मृत्युको विषयमा श्रेष्ठमाथि छानबिन हुनुपर्ने माग राख्दै उनीहरुले श्रेष्ठले लामालाई मानसिक रुपमा पीडा दिएको आरोप समेत लगाएका छन्।

नेकपाको आन्तरिक किचलोमा एक अर्का पक्षका नेताविरुद्ध यस्ता खालका अभियान केही समय यता जारी छ।