४ मंसिर २०८१, मंगलवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि आपत्ति जनाएको छ । संसद बैठकको मुखमा आएर अध्ययादेश ल्याउनु गलत भएको कांग्रेसको भनाइ छ ।
‘संसद बैठकको मुखमा आएर ल्याइएको अध्यादेशप्रति कांग्रेसको आपत्ति छ’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘बिहान बैठक बस्ने र दिउँसो अध्यादेश जारी गर्नु आपत्तिजनक हो ।’
बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् । संवैधानिक परिषद्को बैठक मंगलबार ५ बजे बोलाइएको छ ।
यो बैठकमा देउवा सहभागी हुने नहुने अनिश्चित छ । कांग्रेस नेताहरुले भने नजान देउवालाई दबाव दिएका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले भने अध्यादेशबारे पार्टीमा परामर्श नगरी सभापति बैठकमा नजाने बताए ।