४ मंसिर २०८१, मंगलवार
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न बुधबार पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले बुधबार दिउसो एक बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न भोलि दिउसो पदाधिकारी बैठक बोलाइएको छ,’ प्रवक्ता शर्माले भने, ‘बैठकमा पूर्वपदाधिकारी र काठमाडौँमा उपलब्ध शीर्ष नेताहरू पनि सहभागी हुनुहुन्छ ।’
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी थिइन ।
अध्यादेश जारी गरेमा परिषद् बैठकमा सहभागी नहुने विपक्षी दलका नेता देउवाले बिहानै बसेको परिषद् बैठकमा बताएका थिए । त्यही भनाइ अनुरुप देउवा साँझ बसेको परिषद् बैठकमा सहभागी भएनन् । अध्यादेश जारी भएपछि अब कसरी अगाडि बढ्ने भनेर पार्टीको धारणा तय गर्न बैठक बोलाइएको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।