संसद् अधिवेशनकाे माग गर्दै शीतलनिवास पुगे नेकपा सांसद

होमल्याण्ड खबर

२०७७ पुष १ गते, बुधबार १४:५० मा प्रकाशित

काठमाडाैं: संसदको अधिवेशन माग गर्दै नेकपाका केही सांसदहरु शीतलनिवास पुगेका छन् । नेकपाका नेताहरू भीम रावल, पम्फा भुसाललगायतका नेताको नेतृत्वमा केही सांसदहरु शीतलनिवासमा पुगेका हुन् ।

तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र ८० भन्दा  बढी सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले बताएका छन् । उनको मोवाइल पनि स्वीच अफ रहेको छ ।

आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको शीतल निवास पुगेका नेताहरुले बताएका छन् ।