विवादास्पद अध्यादेश फिर्ता लिन ओली सहमत

होमल्याण्ड खबर

२०७७ पुष १ गते, बुधबार १६:२९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमति भएका छन् ।

बालुवाटारमा महासचिव विष्णु पौडेलसहित पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिब ३ घण्टा लामो छलफलपछि ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका हुन् । प्रचण्ड र ओलीबीचको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ । थप विवरण आउन बाँकी छ ।