राप्रपाले ७७ जिल्लामै प्रदर्शन गर्ने, पहिलो चरणको कार्यक्रम सार्वजनिक

होमल्याण्ड खबर

२०७७ पुष २ गते, बिहीबार १०:४५ मा प्रकाशित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले ७७ जिल्लामै प्रदर्शन गर्ने भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको कार्यसमपादन समितिको बैठकले आन्दोलनको पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको राप्रा नेता मोहन श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमा वृहद छलफल गरि आन्दोलनको तालिका सार्वजनिक गरेको छ ।

बैठकका निर्णयहरु – 
१. सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धि विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधन सहित पारित गरेको छ ।
२. भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्नेछ स्
(क) २०७७ पौष १२ गते सम्पूर्ण ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने ।
(ख) पौष १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल र्‍याली गर्ने ।
(ग) पौष १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने ।
(घ) पौषको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गरिनेछ ।
३. पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पौष ६ र ७ गते काठमाडौंमा बस्नेछ ।