अध्यादेशविरुद्ध सर्वोच्चमा परेकाे रिटकाे सुनुवाई हुँदै

होमल्याण्ड खबर

२०७७ पुष ३ गते, शुक्रबार १३:०० मा प्रकाशित

काठमाडौैंः सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ अध्यादेशविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा दुवै रिटको सुुनुवाई हुँदैछ ।