४ मंसिर २०८१, मंगलवार
काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ ।
बैठकले ससंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।
बैठक शुरु भए लगत्तै प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरिएको निर्णय सुनाएर हिडेका छन् ।
नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमै रहेका बेला संसद बिघटनको सिफारिस भएको हो ।
प्रधानमन्त्री निस्केपछि मन्त्रीहरु आश्चर्यमा पर्दै आपसमा छलफल गरिरहेका छन् ।