संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली शीतल निवास पुगे

होमल्याण्ड खबर

२०७७ पुष ५ गते, आईतवार ११:५५ मा प्रकाशित

काठमाडाैं: प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर शीतल निवास पुगेका छन्। आज बिहान आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक डाकेर प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गराएका हुन्। प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपतिले संसद विघटन गर्ने विषयमा विवाद सुरु भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपाका नेताहरू, जसपाका नेता बाबुराम भट्टराईले वर्तमान संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएका भन्दै प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राष्ट्रपतिले स्वीकृत गर्न नहुने बतएका छन्।
प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक रहेको संविधानविदहरूले बताएका छन्।