४ मंसिर २०८१, मंगलवार
काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाएको हो ।
कांग्रेस सभाति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा आकस्मिक बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई बोलाइएको देउवाले बताए ।
उक्त बैठकले संसद विघटनको सिफारिसमा कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए ।