४ मंसिर २०८१, मंगलवार
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्माले गणतन्त्रमाथि कू गरेको आरोप लगाएका छन्।
ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै छलफलका लागि बालुवाटार पुगेका प्रचण्डलाई ओलीले भेट्न नमानेको र आफूहरु फर्किदै गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।गणतन्त्रमाथि ओलीले कू गरेको प्रचण्डको भनाइ उदृत गर्दै सापकोटाले बताए। मन्त्रिपरिषदले आज बिहानै संसद विघटन गर्ने सिफारिस गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुगेका हुन्।