नेकपाकाे भातृ संगठनले देशव्यापी प्रदर्शन गर्ने

होमल्याण्ड खबर

२०७७ पुष ५ गते, आईतवार १४:०४ मा प्रकाशित

काठमाडाैं: सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे भातृ संगठनले देशव्यापी प्रदर्शन गर्ने भएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावविरुद्ध सत्तारुढ नेकपाकै भातृ संगठनले विराेध प्रदर्शन गर्ने भएका हुन् ।

काठमाडाैंमा दिउँसो ३ बजे माइतीघरबाट विरोध प्रदर्शन सुरु हुने युवा संगठनका नेता रामप्रसाद सापकोटा दीपशिखाले बताए ।

प्रदर्शनको नेतृत्व युवा तथा विद्यार्थी संगठनले गरे पनि पार्टीका अरु नेता कार्यकर्ता पनि सहभागी हुने उनकाे भनाइ छ । देशैभरका जिल्ला सदरमुकाम र  मुख्य सहरमा पनि प्रदर्शनको तयारी भएको उनले जनाएका छन् ।

यस्तै प्रधानमन्त्री ओलीको कदमको समीक्षा र आउँदो रणनीति तय गर्न नेकपाका सांसदहरु सिंहदरबारमा भेला हुन थालेका छन् । पार्टी संसदीय दलको कार्यालयमा सांसदहरु भेला भएका छन् । भेलाले कुनै निष्कर्ष निकाल्ने र सार्वजनिक गरिने एक सांसदले जानकारी दिएका छन् ।