ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी

होमल्याण्ड खबर

२०७७ पुष ५ गते, आईतवार १४:२८ मा प्रकाशित

काठमाडौंः प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरू भएको छ ।

अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेपिछ छलफल सुरुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार अहिले बालुवाटारमा दुई अध्यक्षबीच एक्लाएक्लै बार्ता भइरहेको छ । दुई अध्यक्षबीचको छलफलपछि स्थायी कमिटी बैठक बस्ने नबस्नेबारे टुङ्गो लाग्नसक्ने उनले बताए।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपति कार्यालयमा सिफारिस गरेपछि देशको राजनीति पुनः तरङ्गित भएको छ । नेकपाभित्रका नेता तथा सांसदहरु छुट्टाछुट्टै छलफल र भेलामा जुटेका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै प्रचण्ड निवास खुमलटारमा झलनाथ खनाल,माधव कुमार नेपाल लगायतका शिर्ष नेताहरुको बैठक बसेको थियो । उक्त बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय गरेपछि ओलीलाइ प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।