४ मंसिर २०८१, मंगलवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएपछि देशव्यापीरुपमा आक्रोश बढेको छ ।
राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि स्वतस्फुर्तरुपमा सडकमा आक्रोश पोखिन पुगेको छ । काठमाडौंकाे माइतीघरमा उत्रिएका युवाहरुको विशाल प्रदर्शनमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गदै संसद पुर्नस्पापनाको माग गरेका छन् ।