कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

होमल्याण्ड खबर

२०७७ पुष ७ गते, मंगलवार १०:०९ मा प्रकाशित

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनसँगै मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

कांग्रेसले यसलाई प्रधानमन्त्री ओलीको असंवैधाकि कदम भन्दै सोमबार सर्वदलीय बैठक राखेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको आमन्त्रणमा बसेको नेकपाको बहुमत पक्ष र जनता समाजवादी पार्टी सम्मिलित बैठकले ओलीको निरंकुश कदमविरुद्ध एकमत भएर प्रतिकारमा उत्रने निर्णय गरेको थियो ।

बैठकले आज बस्ने तीन वटै दलको केन्द्रीय समिति मार्फत संघर्षका कार्यक्रम घोषणा गर्ने सहमति समेत गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र शरतसिंह भण्डारीलगायत नेता सहभागी थिए ।