४ मंसिर २०८१, मंगलवार
काठमाडौं: संसद विघटनविरूद्व सर्वाेच्च अदालतमा परेका १२ रिटको पहिलो सुनुवाइ सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सुनुवाइ जारी छ । सो सुनुवाइ नेपाल बार एसोसिएसनको हलमा प्रत्यक्ष हेर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
राणाको इजलासमा आज संसद् विघटनविरुद्ध दायर ११ वटा रिट पेसीमा छन् ।
संसद विघटन असंवैधानिक भएको भन्दै सोमबार ११ र मंगलबार दुइटा रिट सर्वोच्च अदालतमा परेका थिए।
संसद विघटनविरूद्ध संवैधानिक इजलासमा पनि एउटा रिट परेको छ। संवैधानिक विवादहरू नियमित र संवैधानिक इजलास दुबैमा दर्ता गर्न पाइने व्यवस्था छ।