४ मंसिर २०८१, मंगलवार
काठमाडौं: गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई छाेड्ने भएका छन् । बाददले प्रचण्ड–नेपाल समूहलाई छाड्ने उनका निकटवर्तीहरूले बताएका छन् ।
उनीहरूका अनुसार बादल केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपामा नै बस्ने भएका हुन् । उनी बुधबार ओलीसँग दुईघण्टा छलफलमा बसेका थिए । बादल निकट स्रोतले दिएको जानकारीअनुसार ओलीसँगको छलफलपछि सँगै रहन उनी तयार भएका हुन् ।
तर दुई नेताबीच के विषयमा कुराकानी भयो र के सहमति भयो भन्नेबारेमा भने केही खुलाइएको छैन ।
यद्यपि प्रचण्डले गत मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेका थिए । छलफलका क्रममा प्रचण्डले बादलसँग आफूलाई साथ दिन भनेका थिए । साेहि क्रममा उनले प्रचण्डलाई ‘ग्रीन सिग्नल’ दिएकाे भनिएकाे थियाे ।