पेसीमा चढ्यो नेकपाको नाम विवादको मुद्दा

होमल्याण्ड खबर

२०७७ पुष १४ गते, मंगलवार १३:२० मा प्रकाशित

काठमाडौं:  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम विवादसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।

सत्तारुढ नेकपाविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ।