४ मंसिर २०८१, मंगलवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओली कमरेड नभई निरंकुश शासक बनेको टिप्पणी गरेकी छन् ।
भृकुटीमण्डपमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल पक्षले आयोजना गरेको कार्यक्रममा नेतृ शाक्यले ओलीले संघीय गणतन्त्रमाथि धावा बोलेपछि संघर्षको मैदानमा उत्रिनु परेको बताइन् ।
‘हामीले मानेको केपी ओली कमरेड बन्नु भएन। निरंकुश शासक बन्नुभयो। स्वच्छाचारी शासक बन्नुभयो । सामान्ति शासक बन्नुभयो, सर्वसत्तावादी शासक बन्नुभयो,’ शाक्यले भनिन्, ‘कमरेड केपी ओली होइन। सर्वसत्तावादी शासकविरुद्ध संघर्षमा लाग्नु परेको छ। हामीले खुट्टा कमाउनु पर्ने छैन। पछाडि हट्नु पर्ने छैन।’
उनले कुनै पनि कुप्रचारमा अल्झिनुपर्ने कारण नभएको बताउँदै शाक्यले दृढताका साथ संघर्षमा होमिने बताइन् ।
ओली प्रधानमन्त्री भएपछि परिवर्तनका सबै मुद्दा संस्थागत हुने अपेक्षा गरेपनि त्यस्तो हुन नसकेको उनको भनाइ थियो ।