२७ बैशाख २०८३, आईतवार
काठमाडौं । नेकपाका अध्यक्ष माधवकुमार नेपालले निरंकुशताको बाटो समातेका केपी ओली एन्ड कम्पनीको आयु पुरा भएको टिप्पणी गरेका छन् ।
आज संसद विघटनविरुद्धको सभालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– निरंकुश बाटो समातेका केपी ओली कम्पनीको आयु पुग्यो ।


प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको पहिलो चरणमा भृकुटीमण्डमा मंगलबार आयोजित विरोधसभामा बोल्दै नेपालले भने– निरंकुश बाटो समेतका केपी ओली एण्ड प्रवृत्तिको आयु सिद्धियो अब । बिगतमा केपी ओलीले गणतन्त्रको आन्दोलनको खिसिटिउरी गरेको भन्दै नेपालले भने– बयलगाडा चढेर वासिङ्टन पुग्न सकिँदैन महामहिम केपी शर्मा ओलीजीले बोल्नुभएको थियो ।
ओलीलाई गणतन्त्रप्रति माया नभएको नेपालले आरोप लगाए । निकै आक्रामक ढंगमा प्रस्तुत भएका नेता नेपालले भने– केपी प्रवृतिको नास हुँदैछ, अब हामीले मुक्ति पाउँछौं ।
ओलीले संसद विघटन गर्न पार्टीमा केही सहमति नलिएको उनले बताए। ‘पार्टीमा बसेर स्वच्छाचारी रुपमा काम गर्न पाइन्छ? पार्टी भनेको के हो? अनुशासन भनेको के हो? केपी ओलीलाई पार्टीसँग, अनुसानसँग मतलब छैन, व्यक्तिवाद, फुटवाद हावी भएको छ,’ नेपालले भने, ‘ओलीसँग कम्युनिष्टमा हुनुपर्ने गुण छैनन्, लोकतन्त्रवादीमा हुनुपर्ने आचारण पनि छैन त्यही भएर उहाँको कदमलाई अस्वीकार गर्नुबाहेक अरु विकल्प थिएन।’