४ मंसिर २०८१, मंगलवार
आज दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्दैछ । जानकारी अनुसार दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बस्ने बैठकले सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्ने भएको छ ।
यही पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेपछि नेपाली राजनीतिक बृत्तमा तरंगित बनेको छ । योसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि दुई समूहमा विभाजन भइसकेको छ ।
दाहाल–नेपाल समूहको नेकपा र प्रतिपक्षी दलहरुले मुलुकभर संसद विघटनको चर्को विरोध प्रदर्शन गर्दै आएका छन्, भने ओली समूहका नेकपाले प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने तयारी गरिरहेको छ ।