४ मंसिर २०८१, मंगलवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यहि पुस १० गते गरेको मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।
संसद विघटनपछि प्रधानमन्त्री ओलीले गरेको नयाँ मन्त्री नियुक्ति र हेरफेर संविधान विपरीत दावी गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुन लागेकाे हाे ।
प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले पुस १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको उक्त मुद्दाको पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी आजका लागि तोकिएको थियाे । संसद् विघटनपछि कामचलाउ भइसकेको सरकारले संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेकाले उक्त निर्णय खारेज गर्न रिटमा माग गरिएको छ ।