कर्णाली प्रदेशमा ओली समूहका दुई मन्त्री प्रचण्ड–नेपाल समूहमा लागे

होमल्याण्ड खबर

२०७७ पुष १९ गते, आईतवार १६:३७ मा प्रकाशित

कर्णाली प्रदेशमा नेकपा ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहमा गएका छन् ।

सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा लागेका हुन् ।

संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले दुई मन्त्री र एक सांसद प्रचण्ड माधव समूहमा लागेको जानकारी दिइन् ।

दुबैजना ओली समूहको कोटाबाट मन्त्री बनेका थिए । सांसद रोकाय पनि ओली समूहमै थिए ।

तीन जना यता आएसँगै नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् ।

सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् । यो समिकरणले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित देखिएको छ ।