४ मंसिर २०८१, मंगलवार
नेकपा दाहाल–नेपाल समूहको सचिवालय बैठक बस्दै छ ।
बैठकआज दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विगटन गरेपछि प्रचण्ड–नेपाल समूहको अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पक्ष आन्दोलित छ।
प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै उनीहरुले प्रतिनिधिसभाको पुनःस्थापनाको माग गदै आन्दोलन जारी राखेका छन् । आन्दोलनलाई थप प्रभावकारी बनाउने कार्ययोजना बनाउन र अहिलेको अवस्थाको थप विश्लेषण गर्नेलगायत कार्यसूचीमा छलफल गर्न आज बैठक बोलाएको बताइएको छ ।