४ मंसिर २०८१, मंगलवार
गृहमन्त्री रामबहादुर थापा बादलले वैशाखमा हुने मध्यावधि निर्वाचनको तयारीमा जुट्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोतसाधनको कमी भए मन्त्रालयलाई जानकारी गराउनुहोला । कुनै कमी हुन दिइने छैन ।’
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएका अधिकृतहरूलाई मंगलबार गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै गृहमन्त्री थापाले निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन निर्देशन दिएका हुन् ।
शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले गृहमन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरूप कामकारबाही अघि बढाउन पनि निर्देशन दिए ।