४ मंसिर २०८१, मंगलवार
परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ ।
भारत भ्रमणमा रहेका ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीको हैदरावाद हाउसमा केही बेर अघि बैठक सुरु भएको हो ।
तीन दिने भारत भ्रमणमा रहेका ज्ञवाली नेपाल–भारतको संयुक्त बैठकका लागि नयाँदिल्लीमा छन् । दुई मन्त्रीबीचको बैठकपछि संयुक्त बैठकमा सुरु हुनेछ ।
संयुक्त बैठक सम्पन्न भएपछि परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबार साँझ नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।