८ मंसिर २०८१, शनिबार
विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ । भव्य समारोह गरी सुरु हुने विश्वकप फुटबलमा आयोजक रसिया सहित ३२ देशले सहभागी छन् । १४ खर्ब डलरभन्दा बढी लाग्ने अनुमान गरिएको प्रतियोगिता अहिलेसम्मकै सर्र्वािधक धेरै खर्च भएको विश्वकप होे । यो पटकको विश्वकपमा फिफाको ६ महादेशबाट छनोट खेलेका २०९ राष्ट्रबाट अन्तिम ३२ टोलीलाई आठ समूहमा विभाजन गर्दै प्रतियोगिता गराइँदै छ । रुसका विभिन्न ११ सहरमा हुने विश्वकप फुटबल विभिन्न १२ रंगशालामा हुनेछ ।
६४ खेल आयोजना हुनेछन् । रुस विश्वकपमा युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान पाँच–पाँच देश छनोट भएका छन् । त्यस्तै दक्षिण अमेरिकाबाट पनि पाँच टोलीले विश्वकपमा स्थान बनाएका छन् । उत्तर अमेरिकाबाट तीन टोली विश्वकपमा रहेका छन्् । आयोजक रसियाविरुद्ध साउदी भिड्दै् प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेवियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आयोजकका लागि यो विश्वकपमा दोस्रो चरणमा पुग्नुलाई नै ठूलो सफलताका रूपमा हेरिएको छ । यसअघि तीन पटक विश्वकप यात्रा गरे पनि रसियाले समूह चरण पार गर्न सकेको छैन ।
रुस विश्वकपको दोस्रो चरण पुग्न असफल भए आयोजकको नाताले समूह चरणबाटै बाहिरिने दक्षिण अफ्रिकापछि रुस दोस्रो देश हुनेछ । विश्वकपमा सहभागी ३२ देशको तुलनामा सर्वा्धिक कमजोर टिमका रूपमा हेरिएको रुस र साउदीको भिडन्त पहिलो जितका लागि दुवै टिमलाई ‘गर या मर’का रूपमा रहेको छ । रसिया र साउदी अरेवियालाई समान स्तरको प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ । साउदीले विश्वकप अघिखेलेका पाँच मैत्रिपूर्ण खेलमा दुई खेलमा जित निकाल्दा तीनमा युरोपियन जाइन्टसँग पराजित भएको थियो । साउदीले अल्जेरिया र ग्रिसलाई हराएको थियो भने इटाली, पेरु र जर्मनीसँग पराजित भएको छ। त्यसोत घरेलु टिमले गत वर्ष स्पेनलाई बराबरीमा रोक्दै दबाब दिंदा ब्राजिल, फ्रान्स र अस्ट्रियासँग पराजित भएको थियो । यद्यपि अन्तिम मैत्रिपूर्ण खेलमा टर्कीसँग १–१ गोलको बराबरी खेलेको छ । तर उसले खेलेका अघिल्ला कुनै पनि सात मैत्रिपूर्ण खेलमा जित ननिकालेकाले चुनौती स्वभाविक रुपमा आयोजकलाई बढी छ ।