४ मंसिर २०८१, मंगलवार
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चुनावको तयारी तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा अदालतमा बहस जारी रहँद मन्त्रालयले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको चुनावको तयारी तीव्र पार्न गृहसचिव महेश्वर न्यौपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका हुन् ।
गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चुनावसम्बनधी ९ बुँदे निर्देशन दिँदै चुनावको तयारी तिव्र पार्न भनिएको छ ।
चुस्त सुरक्षा व्यवस्था मिलाउने, मतदानस्थलको निरीक्षण/अवलोकन गर्ने, मतदाता नामावलीमा संकलनमा खटिएको आयोगको टोलीलाई सहयोग गर्नेजस्ता निर्देशन दिइएको छ ।
अदालतमा मुद्दा रहेको र चुनाब हुने नहुने अन्यौलकाबीच जिल्लाप्रशासन कार्यालयहरुले चुनाबी तयारी तिब्र नपारेको भन्दै गृहले यस्तो निर्देशन दिएको स्रोतको भनाइ छ ।