४ मंसिर २०८१, मंगलवार
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आज (आइतबार) बिहान शितल निवास गएका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटमा सरकारका कामकारबाही र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जानकारी दिएको छ।
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ ।
नेकपाको प्रचण्ड– नेपाल समूह लगायतका दलले प्रतिनिधिसभा विघटन अवैधानिक भएको भन्दै र्फिता लिन माग गरिरहेका छन् । तर प्रधानमन्त्री ओलीले भनै कुनै हालतमा प्रतिनिधिसभा पुनःगठन नहुने बताउँदै आएका छन् ।