४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिस्ट पार्टी ‘प्रचण्ड-नेपाल’ समुहकाे बैठकमा प्रदर्शन छलफल भएकाे छ । सोमबार पेरिसडाँडामा बसेकाे सचिवालय बैठकमा ९ गतेको प्रदर्शन सशक्त बनाउने विषयमा छलफल भएको वरिष्ठ नेता झलनाथ खनालले बताएका हुन् ।
नेकपाले ९ गतेको आन्दोलनमा २ लाख जनता सडकमा उतार्ने बताउँदै आएको छ । उक्त सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने खनालले जानकारी दिए ।
अनेरास्ववियूले राजधानीमा आइतबार गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक रुपमा प्रस्तुत हुने युवाहरुलाई निर्देश गरेका थिए । उनले संसद् विघटनविरुद्ध सशक्त आन्दोलन गर्ने र आफूहरु पनि पछि नहट्ने बताएका थिए ।
उपत्यकामा आन्दोलन प्रभावकारी हुन नसकेको आरोपपछि नेकपा आक्रामक रुपमा प्रस्तुत हुन लागेको हो । नेकपाले माघ ९, १६ र २३ गते जनप्रदर्शन गर्ने उद्घोष गरेको छ ।