४ मंसिर २०८१, मंगलवार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अधिवक्ताहरुलाई आधा घण्टाभित्रै बहस सक्न रुलिङ गरेका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्चमा परेका १३ वटा रिटमा प्रधानन्यायाधीश जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ।
रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले राजनीतिक कारणले प्रतिनिधिसभा विभटन गर्नुपरेको भन्दै प्रधानमन्त्री केपी ओलीले दिएको लिखित जवाफमाथि प्रश्न उठाउँदै आएका छन् ।