४ मंसिर २०८१, मंगलवार
सिन्धुपाल्चोक : प्रतिनिधिसभा विघटनको बिरोधमा नेपाली कांग्रेसले (बिहीबार) देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा बिरोध प्रदर्शन गर्ने क्रममा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरि गाउँ पालिकाको धुस्कुनमा पनि कांग्रेसले बिराेध कार्यक्रम सम्पन्न गरेकाे छ ।
त्रिपुरासुन्दरी गाउँ पालिका ३ नं वडा कार्यसमितीद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि का रुपमा नेविसंघ केन्द्रिय महामन्त्री तथा सिन्धुपाल्चोक काङ्ग्रेसका नेता बलदेव तिमल्सिनाले सम्बोधन गर्दै कम्युनिस्टहरु नेपालमा प्रजातन्त्र,गणतन्त्र र संघीयता प्रती कहिल्यै इमान्दार नभएको बताएका छन् । कोरोनाको मारमा जनता मरिरहँदा भ्रष्टाचारमा लिप्त प्रधानमन्त्री ओलिले आफ्नो कर्तुत लुकाउन ठुलो बलिदानबाट प्राप्त परिवर्तनलाई प्रतिगमन तर्फ धकेलेको बताउँदै महामन्त्री तिमल्सिनाले प्रतिनिधिसभा विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकूल र जनभावना विपरीतको कार्य भएको टिप्पणी गरेका छन्।
महामन्त्री तिमल्सिनाले अदालतले सम्बिधानको सहि ब्याख्या गर्ने हो भन्दै सरकारको गलत निर्णय न्यायलयले सच्याउने छ र त्यस निम्ति न्यायालयलाई बल दिन पनि के पि ओलीको असंबैधानिक कदमका बिरुद्ध काङ्ग्रेस सडकमा रहेको बताए । सबै कम्युनिस्ट एउटै भएको र नेपालको समृद्धि,परिबर्तन र सुशासनको निम्ति कम्युनिस्ट नै अभिशाप रहेकोले त्यस बिरुद्ध काङ्ग्रेसलाई साथ दिन आग्रह गर्दै संसद पुनर्स्थापना नै आजको निकास भएको उनले बताए । त्यस निम्ती आदालत सरकारको दबाब बाट बाहिर निस्कनु पर्ने उनको भनाइ छ ।
कार्यक्रम तिमल्सिनाको प्रमुख आतिथ्यतामा नेपाली काङ्ग्रेसका नेता माधब भण्डारी,ज्ञानेन्द्र नेपाल पुर्ब सभापतिहरु राम बहादुर भण्डारी,गोबिन्द भण्डारी समीर बम्जन,सोनाम लामा लगाएतको आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रम त्रिपुरासुन्दरी-३ का कांग्रेस कार्य समिति उपसभापति गोरख बहादुर कार्किको अध्यक्षतामा सम्पन्न भएको थियो।