४ मंसिर २०८१, मंगलवार
निर्वाचन आयोगले आजदेखि देशभरका ७ सय ५३ वटा स्थानीय तहका केन्द्रबाट मतदाता नामावली अद्यावधिक सुरु गर्ने भएको छ ।
आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आज (माघ १५) देखि माघ २१ गतेसम्म ७ सय ५३ वटै स्थानीय तहका केन्द्रमा एकसाथ उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
आयोगका अनुसार आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि २०७७ साल पुस ५ गतेसम्ममा मतदाता नामावलीमा नाम भएका र सोही मितिदेखि १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले नाम अद्यावधिक गर्न पाउने छन् ।