लिखित जवाफ लिएर आफैं आउन प्रधानमन्त्री र ४ पूर्वप्रधानन्यायाधीसलाई सर्वोच्चको आदेश

होमल्याण्ड खबर

२०७७ माघ १५ गते, बिहीबार १६:४० मा प्रकाशित

अदालतको अपहेलना सम्बन्धी मुद्धामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली सहित पूर्वप्रधानन्यायाधिसलाई लिखित जवाफ सहित स्यवयं उपस्थित हुन आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहिबार अवेहलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाईपछि यस्तो आदेश दिएको हो। आदेशमा सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली,चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर जवाफ पेश गर्न भनेको छ।