प्रचण्ड र नेपाल आज माइतीघरमा धर्ना बस्ने

होमल्याण्ड खबर

२०७७ माघ १८ गते, आईतवार ११:३१ मा प्रकाशित

नेपाल कम्यूनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज माइतीघरमा धर्ना बस्ने भएका छन्‌।

प्रतिनिधिसभा विघटनको खारेजी मागसहित माइतीघरमा जारी धर्नामा आज दाहाल र नेपाल सहभागि हुने भएका हुन् ।

दाहाल र नेपाल मध्याह्न १२ बजेदेखि धर्नामा बस्ने जनाइएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी वैशाखमा मध्यावधि चुनाव घोषणा गरेपछि प्रचण्ड–नेपाल समूहले आन्दोलनका विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।