ओली समूहकाे र्‍याली र जनसभाका लागि ताेकियाे रुट, काे कुन रुटमा भेला हुने ? (सूचिसहित)

होमल्याण्ड खबर

२०७७ माघ २० गते, मंगलवार १३:४३ मा प्रकाशित

नेकपा ओली समूहले माघ २३ मा गर्ने भनेकाे जनसभाका लागि रुट तय गरिएकाे छ ।

नेकपा (ओली)काे बाग्मती प्रदेश कमिटीले माघ २३ गते काठमाडौँमा हुने आमसभा र र्‍यालीका लागि रुट निर्धारण गरेको हाे ।

प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार र्‍यालीलाई व्यवस्थित बनाउन उपत्यकाका विभिन्न १६ स्थानलाई प्रमुख रुट क्षेत्र तोकिएको छ ।

बागबजार, प्रदर्शनीमार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाइन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, टेकु, वसन्तपुर, ज्ञानेश्वर, पुरानो बानेश्वरलाई र्‍यालीको रुट क्षेत्र तोकिएको छ ।

र्‍यालीपछि हुने जनसभा भने नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना गरिने कमिटीले जनाएकाे छ ।

र्‍यालीका लागि ताेकिएका कुन रुटमा कुन कमिटी र संगठन सहभागी हुने भन्ने पनि तय गरिएकाे छ । बागबजारमा सम्पर्क मञ्च, महेन्द्र शालिक पूर्व जनजाति महासंघका घटक संगठनहरु र घण्टाघरमा मुस्लिम समुदायका सहभागीहरुलाई तोकिएको छ।

गौशालामा भक्तपुर, सोह्रखुट्टे नयाँ रोडमा मकवानपुर र भीमफेदी भएर आउने सबै, लैनचौरमा रसुवा र नुवाकोट, त्रिपुरेश्वरमा चितवन, धादिङ लगायतका जिल्लाबाट आउनेहरु, माइतीघरमा दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र एनएसी अगाडि ललितपुरका सहभागीलाई उपस्थित हुन भनिएको छ।

त्यस्तै, प्रदर्शनीमार्गमा युवा, विद्यार्थी, खेलकुद महासंघ, प्रेस संगठनलगायत पेसागत महासंघ र पुतलीसडकमा जनवर्गीय संगठनहरुलाई भेला हुन भनिएकाे छ ।

टेकुमा काठमाडौँ निर्वाचन क्षेत्र ९ र १०, क्षेत्र ८ का सहभागीलाई वसन्तपुर, क्षेत्र ६ र ७ का सहभागीलाई सोह्रखुट्टे, क्षेत्र ३, ४ र ५ का लागि ज्ञानेश्वर र क्षेत्र नम्बर १ र २ का सहभागीलाई पुरानो वानेश्वरमा भेला हुन निर्देश गरिएकाे छ ।

हेर्नुहाेस् विज्ञप्तिः