४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव)पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
यही क्रममा राजधानीकाे कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । हितमान शाक्य र अमृता थापा लगायतलाई कलंकीबाट प्रहरीले गिरफ्तार गरेको हो ।
त्यस्तै बागबजारबाट रमेश मल्ल, तिलकराज भण्डारी र समिप खरेललाई गिरफ्तार गरेको बताइएको छ । ती नेताहरुलाई महाराजगञ्ज प्रहरी तालिम केन्द्रमा राखेको छ ।
त्यसै गरी नेता राजेन्द्र पाण्डेराजेन्द्र पाण्डे, मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङलाई गोंगबु सामाखुशीबाट गिरफ्तार गरेको छ ।