४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओली कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् । आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन र पार्टी (नेकपा)को आन्तरिक विवादमा आफ्नो आधिकारिकता दाबी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेका हुन् । निर्वाचन आयोगले यसअघि नेकपाको विवाद र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न माघ १६ गते ओली र प्रचण्डलाई बोलाएको थियो । उक्त छलफलमा ओलीले आफ्ना प्रतिनिधि पठाएका थिए भने प्रचण्डले आफ्ना प्रतिनिधि पठाएर छलफलको मिति सार्न अनुरोध गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम चुनाव गर्ने गरी निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।