४ मंसिर २०८१, मंगलवार
नेकपा (प्रचण्ड-नेपाल) समूहकी रामकुमारी झाँक्रीले गिरफ्तारी दिएकी छन् । राष्ट्रपति विदादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको प्रकरणमा राज्यविरुद्धको कसुर गरेको भनेर पक्राउ पूर्जी थमाइएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन् । महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनको शंखमूलस्थित निवासबाटै गिरफ्तार गरेको छ । महानगरीय अपराध महाशाखका डीएसपी दूर्गाराज रेग्मीको हस्ताक्षर रहेको जरुरी पक्राउ पूर्जीमा झाँक्रीले राज्यविरुद्धको कसुर गरेको आरोप लगाइएको छ । ‘तपाईंलाई राज्यविरुद्धका कसुरअन्तर्गत दफा (५८)को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले यो पूर्जी जारी गरिएको छ,’ झाँक्रीविरुद्ध जारी गरिएको पक्राउ पूर्जीमा भनिएको छ ।