निर्वाचन आयोगमा प्रचण्ड माधव पक्षले भन्यो- नेकपाको विवाद समाधान नगरी निर्वाचन हुन सक्दैन

होमल्याण्ड खबर

२०७७ फाल्गुन २ गते, आईतवार १४:२४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले नेकपामा देखिएका विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएको छ । आइतबार निर्वाचन आयोगले दलहरुसँग गरेको बैठकमा सहभागी प्रचण्ड-नेपाल पक्षका नेता लिलामणि पोखरेलले नेकपाको विवाद हल नगरी निर्वाचन अगाडि बढ्न नसक्ने बताएका हुन् ।

‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवाद सम्बन्धी प्रश्नहरू हल नगरी कसरी निर्वाचन सम्पन्न गर्नु हुन्छ? नेकपाको ६४ प्रतिशत मत छ। यसको विवाद समाधान नगरी निर्वाचन सम्पन्न गर्न सकिन्न,’ छलफलमा सहभागी भएर बाहिरिएका पोखरेलले भने ।

आज आयोगले निर्वाचन आचारसंहिताबारे दलका प्रतिनिधिहरूसँग छलफल गरेको हो । १४ दल छलफलमा सहभागी रहेका छन्। आयोगमा नेकपाबाट ओली समूहका नेता बाबुराम शर्मा दाहाल र प्रचण्ड-नेपालबाट पोखरेल सहभागी छन् भने कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना सहभागी छन् ।